२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाइने

अ+ अ-

काठमाडौं । वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स सङ्घको आजको बैठकले त्यस्तो निर्णय गरेको हो । पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरुबीच नै गुनासो बढेपछि सङ्घको बैठक बसेको हो ।

बैठकले नवीकरणको हकमा भने बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ । संस्थागत निक्षेपकर्तालाई ८.५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था यसअघि नै गरिएको थियो । त्यसमा बैंकले थप एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरिएको थियो । त्यसआधारमा वाणिज्य बैंकहरुले ९.५० प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई ब्याज दिँदै आएका थिए ।

पछिल्ला दिनमा केही बैंकले निक्षेप नवीकरण गर्दा करीब दश प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेका थिए । सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार निक्षेपको नवीकरण गर्दा केही बढी ब्याज दिने सहमति भएको हो ।

केही बैंकले सङ्घको निर्णयका आधारमा भन्दा पनि आफैँले स्वतन्त्र निर्णय गर्ने भन्दै संस्थागत निक्षेपकर्ताको ब्याज बढी दिने घोषणा गरेका थिए । वाणिज्य बैंकमा ऋणयोग्य रकमको अभाव देखिँदै आएको छ । यस्तै कर्जा–पूँजी निक्षेप अनुपात पनि ८० प्रतिशत बढी रहेको छ ।

प्रभु बैंकले आठ प्रतिशत लाभांश दिने

प्रभु बैंकले चुक्ता पूँजीको आठ प्रतिशत शेयर लाभांश दिने भएको छ । यसअघि बैंकले पाँच प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि बैंकले नयाँ लाभांश प्रस्ताव गरेको हो ।

नयाँ प्रस्तावअनुसार बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु ६५ करोड ८७ लाख १५ हजार ८८२ तथा त्यसमा लाग्ने करवापत रु रु तीन करोड ४६ लाख ६९ हजार २५७ नगद लाभांश वितरण गर्नेछ ।

गत पुस २२ गते प्रस्ताव गरिएको शेयर र नगद लाभांशमा भने केन्द्रीय बैंकले सुधार गरेर ल्याउन निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार प्रभु बैंकले संशोधित प्रस्ताव सार्वजनिक गरेको छ । उक्त प्रस्तावलाई राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाको निर्णयपश्चात् वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस