डिपिएलको खेल तालिका सार्वजनिक, माघ २६ देखि सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डिपिएलको खेल तालिका सार्वजनिक, माघ २६ देखि सुरु


२० माघ २०७५, आइतबार


काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। धनगढी प्रिमियर लिगको तेस्रो संस्करण यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म आयोजना हुँदैछ।

प्रतियोगितामा यस सिजन समेत ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलीहरू रहेका छन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन्। यो पटक पनि डिपिएलले आफूलाई सर्वाधिक धनराशिको प्रतियोगिता हुने घोषणा गरिसकेको छ।

प्रतियोगिताको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसअघि नै मान्यता दिई सकेको छ। यस्तै सहभागी ६ वटै टोलीले यसअघि नै भएको अक्सरबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५९१५ खेलाडी टोलीसँग आबद्ध गरेका छन्।

यस्तो छ खेल तालिका

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा फेब्रुअरी ९ तारिकमा करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्स र सोम पाल कामीको धनगढी स्टार्स भिड्ने छन्।

फेब्रुअरी ९ तारिख (माघ २६ ) देखि फेब्रुअरी २३ (फाल्गुन ११) सम्म प्रतियोगिता कुल १५ दिन चल्ने छ। त्यस अवधिभर फेब्रुअरी १३ तारिकमा कुनै खेल रहेको छैन भने फाइनल खेलको अघिल्लो दिन फेब्रुअरी २२ तारिकमा च्यारिटी खेल रहेको छ।

उद्घाटन खेल बाहेक प्रतियोगिताको पहिलो चरणमा हरेक दिन दुई खेल हुनेछन् जसअन्तर्गत पहिलो खेल म बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेबाट खेलिनेछ।

समूह चरणका अन्तिम २ खेलसँगै दुई क्वालीफायर, एलिमिनेटर र फाइनल खेल भने छुट्टा छुट्टै दिन खेलिने छ। समूह चरणको शीर्ष ४ मा पर्ने टोली अर्को चरणमा प्रवेश गर्ने छन्।

तालिकाको पहिलो दुई स्थानमा रहने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन् जसको विजेता सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले तालिकाको तेस्रो र चौथो हुने टोली बिचको एलिमिनेटर विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने छ।

प्रतियोगिता अन्तर्गत यस पटक खेलहरू ड्रिम फाप्ला मैदानमा खेलिनेछन्। यसअघि प्रतियोगिता सञ्चालन हुँदै आएको अञ्चल प्रहरी मैदानलाई भने वैकल्पिक मैदानको रूपमा तयार गरिने आयोजकले बताएको छ।

 

 

प्रतिक्रिया दिनुहोस