२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश लाख बढी राजश्व सङ्कलन

अ+ अ-

डोटी । जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेहरुबाट १० लाख ३० हजार राजश्व सङ्कलन गरेको छ । गत साउन महीनादेखि पुस मसान्तसम्म १० लाख ३० हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलको राजश्व शाखाले जनाएको छ ।

जिल्लामा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनले नियमविपरीत सवारीसाधन चलाएको भन्दै दीपायल ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ । जिल्लामा विना चालक अनुमतिपत्र (लाइसेन्स) सवारीसाधन चलाउनेको सङ्ख्या पनि बढेको र सरकारी सवारीसाधनले बढी नियम उल्लङ्घन गरेकाले आफूहरुले कडाइ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख मोहनसिंह धामीले बताए।

उनले भने, “सरकारी मोटरसाइकलहरु बढी दुरुपयोग हुने गरेको र नियम पनि तिनैले बढी उल्लङ्घन गरेकाले हामी कडारूपमा प्रस्तुत भएका हौँ ।” जिल्लामा मापसे गरी सवारी चलाउने तथा नियम उल्लङ्घन गर्ने २५० लाई ट्राफिक सचेतनामूलक प्रशिक्षण दिइएको प्रमुख धामीले जानकारी दिए । अहिलेसम्म कम्तिमा पनि चार दर्जन सवारीसाधन कारवाहीमा परेको बताइएको छ । ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेपछि लाइसेन्स नभएका सवारी चालक घट्न थालेको ट्राफिक प्रहरीको जनाएको छ ।

जिल्लामा सवारी चालकको लापरवाहीका कारण वर्षेनी सवारी दुर्घटना बढ्दै गएको स्थानीयपवासीको आरोप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जिल्लाको बुडर, सानागाउँ, सिलगढीमा पोष्ट नै खडा गरी सवारी जाँच गरिरहेको छ । त्यस्तै ट्राफिक प्रहरीले विना लाइसेन्स सवारी चलाउन दिने सवारी धनीलाई समेत कारवाही गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस