काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजश्व समूहका अधिकृतहरुको ज्येष्ठताक्रम सूची कायम गरेको छ ।
कर्मचारी समायोजन अध्यादेश, २०७५ को दफा ८ अनुशार मन्त्रालय कर्मचारीले विभिन्न माध्यमबाट मन्त्रालयको वेवसाईटमा अपडेट गरेका प्रमाण र सूचनाको आधारमा मन्त्रालयले कर्मचारीहरुको ज्येष्ठताक्रम सूची कायम गरेको हो ।
मन्त्रालयले पाँच सय ८१ जना अधिकृतको ज्येष्ठताक्रमसहितको सूची प्रकाशन गरेको छ ।







