कृषि पढ्ने विद्यार्थीको कोटा बढाइदिन चीनसँग आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कृषि पढ्ने विद्यार्थीको कोटा बढाइदिन चीनसँग आग्रह


प्रशासन संवाददाता

१७ माघ २०७५, बिहिबार


पदार्थमा मिसावट गर्नेलाई जेल हाल्ने

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् ।

आफूसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलाई उनले पछिल्लो दिनमा निकै थोरै सङ्ख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेकाले त्यो सङ्ख्या बढाउन आग्रह गरेकी हुन् ।

आधिकारिक रुपमा चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको सङ्ख्या बढाउन सके अन्य मुलुकमा रोजगारी गर्न जानेको सङ्ख्या घट्ने र त्यसले कृषिलाई नै टेवा पुर्‍याउने मन्त्री खनालले विश्वास व्यक्त गरेका छन् । उनको सचिवालयले जनाएको छ ।

उनले नेपालका हिमाली र पहाडी जिल्लामा प्रयोग हुने कृषि औजार चीनमै बनेकाले त्यसको अध्ययनका लागि पनि पढाइ र तालीम फलदायी हुने विश्वास व्यक्त गरे।

मन्त्री खनालले नेपाली कृषकका लागि आधुनिक कृषि तालीमको व्यवस्था गर्न आग्रह गर्दै चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने गरी गत पुस ४ गते नै सहमति भइसकेको स्मरण गरे ।

सो परियोजनाका लागि नेपालका किसान र प्राविधिक कर्मचारी गरी कूल ६० लाई चीन लगेर र अन्य २४० किसानलाई नेपालमै तालीम दिइने सहमति भएको छ ।

मन्त्री खनालले कृषि क्षेत्रमा सहयोग आदानप्रदान गर्न कृषि मन्त्रालय, परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच समन्वयकारी भूमिका निर्वाह गर्न एक कार्यदल बनाउन पनि प्रस्ताव गरेका छन् ।

जवाफमा राजदूत होउले थप छलफल गरेर छिट्टै नेपालले प्रस्ताव गरेअनुसार सहमति गर्न चीन तयार रहेको बताए । उनले नेपाल र चीनबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई थप उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

चीनले कृषि र प्रविधिमा निकै फड्को मारेको बताउँदै राजदूतले होउले एक असल छिमेकीको नाताले त्यो सीप नेपालका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस