२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्धारा गैरकानूनीरूपमा सम्पत्ति जोडेको अभियोगमा रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गैरकानूनी रूपमा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत खुलाउन नसकेको जिकिर गरेको छ ।

विमानस्थल, भन्सार कार्यालय, काठमाडौँबाट अवैधरूपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धानका क्रममा श्रेष्ठ २०७३ पुस २७ गतेदेखि निलम्बनमा समेत छन्।

अकुत सम्पत्ति जोडेको अभियोगमा आयोगले अनुसन्धान गर्दा श्रेष्ठले बुबा ज्ञानकृष्ण, आमा चन्द्रदेवी, भाइ रामकृष्ण, भाइबुहारी रवीना प्रधानाङ्ग, श्रीमतीद्वय तारादेवी र रेखाको नाममा समेत लुकाएको पाइएकाले उनीहरू विरुद्ध समेत मुद्दा दायर गरेको छ । आयोगले उनीहरूको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार श्रेष्ठको २०५३ साल चैत ५ देखि अनुसन्धान अवधिसम्म पारिश्रमिक बचत रु १८ लाख १६ हजार ९४८, सगोलका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रु तीन करोड ४७ लाख ७६ हजार ४३९ रहेको छ । यस्तै परिवारका अन्य सदस्यले गरेको वैधानिक आम्दानी रु नौ करोड ६३ लाख आठ हजार ८२८ रहेको छ ।

यस्तै श्रेष्ठको खर्च तथा लगानीतर्फ रु १९ करोड ७४ लाख ५५ हजार ८१६ रहेको छ । कूल आम्दानी रु नौ करोड ६३ लाख आठ हजार ८२८ रहेको भए पनि रु १० करोड ११ लाख ४६ हजार ९८८ तथा स्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ गरेको रु चार करोड ४९ लाख ७७ हजार ४९० समेत अवैध रहेको पाइएको छ । दुवै रकम जोड्दा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको आयोगले जनाएको छ ।

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र बदनीयत साथ राखेको देखिन आएकाले आयोगले स्रोत नखुलेको चल अचल सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस