लागुऔषधसहित तीन पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लागुऔषधसहित तीन पक्राउ


प्रशासन संवाददाता

१४ माघ २०७५, सोमबार


दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषधसहित तीन युवालाई बन्दीपुर गाउँपालिका–५ विमलनगरबाट आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउँपालिका–५ का २७ वर्षीय धर्मेन्द्र मल्लाह, धादिङ घर भई हाल पोखरा महानगरपालिका–८ बस्ने १८ वर्षीय विशाल थापा मगर र गोरखा घर भई हाल पोखरा महानगरपालिका–८ बस्ने १८ वर्षीय मनिष कुँवर रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

पृथ्वीराजमार्गअन्तर्गत दमौली–आँबुखैरेनी सडकखण्डको विमलनगरमा सवारी चेकजाँचका क्रममा सुनौलीबाट पोखरातर्फ आउँदै गरेको लु१ख ७१०५ नं को यात्रुवाहक बसमा सवार धर्मेन्द्र मल्लाहलाई लागुऔषधसहित पक्राउ गरिएको उनले बताए ।

उक्त लागुऔषध विशाल थापा मगर र मनिष कुँवरले मगाएको धमेन्द्रले प्रहरीसमक्ष बयान दिएपछि उनीहरुलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धर्मेन्द्रले पेट तथा कम्मरको भागमा पत्रिकाले बेरेर सेतो टेप टाँसी लुकाई छिपाई राखेको अवस्थामा डाइजेपाम एक सय एम्पुल, फेनरागन एक सय एम्पुल र मर्फिन एक सय एम्पुल गरी तीन सय थान लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धर्मेन्द्रसँग आइएमईमार्फत पैसा मगाई विशाल र मनिषले लागुऔषध मगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस