जर्जियामा भएको गोली काण्डमा चारको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जर्जियामा भएको गोली काण्डमा चारको मृत्यु


प्रशासन संवाददाता

११ माघ २०७५, शुक्रबार


वासिङ्टन । अमेरिकाको जर्जिया राज्यमा बिहीबार साँझ भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।

पोल्क काउन्टीको रकमार्टका छुट्टाछुट्टै दुई स्थानमा यो गोलीकाण्ड भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।
जर्जिय राज्यको प्रान्तीय राजधानी एट्लान्टाबाट ७० किलोमिटर उत्तरपश्चिममा सो गोलीकाण्ड भएको थियो ।

प्रतिक्रिया दिनुहोस