घुस मागेको अभियोगमा प्रधानाध्यापक प्रभु गिरी पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घुस मागेको अभियोगमा प्रधानाध्यापक प्रभु गिरी पक्राउ


प्रशासन संवाददाता

१० माघ २०७५, बिहिबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । नेपाल बैंक लिमिटेड श्रीपुर शाखा, वीरगञ्जबाट कृषि ऋण मिलाइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय छिपहरमाई पर्साका प्रधानाध्यापक प्रभु गिरीलाई पक्राउ गरेको छ ।

आयोगले प्रधानाध्यापक गिरीलाई रु १२ हजार घुससहित आज विद्यालय परिसरबाट पक्राउ गरेको हो ।

आरोपी प्रअको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । यस्तै आयोगले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत प्रहरी हवल्दार चन्द्रा भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले जनता माध्यमिक विद्यालय बलरा ५, सर्लाहीका माध्यमिक शिक्षक देवनारायण ठाकुरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस