अब आचरण विपरीत काम गरेको भेटिए सिधै जागिर जाने ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब आचरण विपरीत काम गरेको भेटिए सिधै जागिर जाने !


प्रशासन विशेष ब्युरो

१० माघ २०७५, बिहिबार


आचरण

काठमाडौँ । परीक्षणकालमा रहेका निजामती कर्मचारीले आचरण विरोधी कार्य गरे सिधै नियुक्ति बदर गर्न सक्ने व्यवस्था बनाईदै छ ।

संघीय निजामती सेवा ऐनमा कर्मचारीको आचरणसम्बन्धी व्यवस्थामा कडाइ गर्दै उक्त व्यवस्था राखिन लागेको हो ।

संघीय निजामती सेवा ऐनको दफा १९ को उपदफा २ मा भनिएको छ : ‘परीक्षणकालमा निजको काम सन्तोषजनक नभएमा वा यस ऐन वा ऐन अन्तर्गत बनेको नियमावली बमोजिमको आचरण विपरीतको कुनै काम गरेमा निजको नियुक्ति अख्तियारवालाले बदर गर्न सक्नेछ ।’

कर्मचारी धेरै उदण्ड हुँदै गएको राज्यलाई महसुस भएको र नागरिकस्तरबाटसमेत कर्मचारीको आचरणमाथि प्रश्न चिन्ह उठेपछि आचरणमा कडाइ गरिएको मस्यौदाकारमध्येका एक उच्च प्रशासकले प्रशासनलाई बताए ।

‘केही समयपरीक्षणकालमै रहेका कर्मचारीले सिंहदरवार घेराउमा उत्रेको विषयलाई सरकारले गम्भिररुपमा लिँदै कानुनी व्यवस्थामा नै कडाइ गर्न आवश्यक ठानी यो व्यवस्था राखिएको हो,’ उनले भने, ‘अब आचरण विपरीत काम गरेको भेटिए सिधै जागिर जान्छ ।’

र यो पनि,

निजामतीमा आरक्षण : ‘एक व्यक्तिले एक पटक मात्रै’

निजामती आरक्षमा अपाङ्गता : यस्तो छ नयाँ व्यवस्था

संघीय निजामती सेवा ऐनमा तह र श्रेणी : यस्तो छ मिलान र समकक्षता !

कार्यालय सहयोगी अब खरदार सा’प !

 

Tags :
प्रतिक्रिया दिनुहोस