नगद लुटपाट गरी फरार रहेका अभियुक्त पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नगद लुटपाट गरी फरार रहेका अभियुक्त पक्राउ


प्रशासन संवाददाता

९ माघ २०७५, बुधबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिने भनी रु ५ लाख १० हजार लुटेर फरार भएका तीन जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले सस्तो मूल्यमा सुन दिने भनी नगद लुट्ने सिन्धुपाल्चोकका ३८ वर्षीय विविमाया तामाङ, काठमाडौँका २९ वर्षीय यमबहादुर तामाङ र २५ वर्षीय हीरा तामाङलाई मङ्गलबार पक्राउ गरी आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले गत मङ्सिर २० गते कागेश्वरी मनहरा नगरपालिकाका ३० वर्षीय प्रदीप कालीदासलाई बौद्धस्थित सुन पसलमा १५/२० तोला सुन दिन्छौँ भनी नगद लुटेर फरार भएका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पीडितको उजुरीका आधारमा उनीहरुलाई खोजी गर्दा काठमाडौँ र सिन्धुपाल्चोकका विभिन्न स्थानबाट पक्राउ गरिएको परिसरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस