भोजपुरमा बहुविवाह गर्ने जोडी पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोजपुरमा बहुविवाह गर्ने जोडी पक्राउ


प्रशासन संवाददाता

९ माघ २०७५, बुधबार


घुससहित रंगेहात पक्राउ

भोजपुर । बहुविवाहका आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गरिएको हो ।

विवाहपछि वडा कार्यालयमा मिलाउनका लागि छलफल गरिएकामा नमिलेपछि प्रहरीमा उजुरी परेको थियो ।

लालबहादुरले २०६९ सालमा जेठी श्रीमती प्रमिलासँंग विवाह गरेका थिए । जेठीपट्टि एक सन्तान पनि छन् । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस