२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार ढकालको सम्झनामा जिल्लाभर कार्यक्रम

अ+ अ-

हेटौँडा । गत पुस २५ गते हत्या गरिएका पत्रकार मनोहर ढकालको १३ औँ दिनको पुण्य तिथिका अवसरमा उनको स्मृतिमा आज मकवानपुरका विभिन्न स्थानमा शोकसभा तथा श्रद्धाञ्जलि कार्यक्रमहरू सम्पन्न भएका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा हेटौँडामा भएको श्रद्धाञ्जलि सभामा नेपाल पत्रकार महासंघ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टले ढकालको व्यक्तित्वको चर्चा गर्दै उनी नेपाली रेडियो क्षेत्रको सम्पत्ति भएको उल्लेख गरे ।

उनले दक्षिण एशियाको पहिलो अडियो टावरको सञ्चालनदेखि चेतनामूलक डोके रेडियो सञ्चालनमा समेत योगदान दिएका ढकाल सफा मन र सोचको व्यक्तित्वको धनी भएको उनले उल्लेख गरे ।

महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारुले मिलनसार तथा सकारात्मक सोचका धनी ढकालको हत्या भएको प्रति गहिरो दुःख व्यक्त गरे । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाईले दुव्र्यसनमा लागेका व्यक्तिहरूलाई असल नियतले सम्झाउँदा ढकालको ज्याननै लिने हत्यारालाई हदैसम्मको सजाय दिन सम्बन्धितसँग आग्रह गरे।

प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमाया विष्टलगायतले शोक वक्तव्यमार्फत स्वर्गीय ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

त्यस्तै आज नै उत्तरी मकवानपुरको थाहानगरका विभिन्न स्थानमा पनि शोकसभा तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ । हेटौँडा– १२ मा रहेको बुद्ध माध्यामिक विद्यालयले पनि श्रद्धाञ्जलि सभाको आयोजना गरी स्वर्गीय ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस