डोटीमा शिशु स्याहार केन्द्र स्थापना « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

डोटीमा शिशु स्याहार केन्द्र स्थापना


प्रशासन संवाददाता

४ माघ २०७५, शुक्रबार


डोटी । यहाँको केआइसिंह गाउँपालिका–७ स्थित भूमिराजमाडौँको सलेनामा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ ।

ग्रामीण महिलाको कार्यबोझमा कमी ल्याउने उद्देश्यका साथ शिशु स्याहार केन्द्रको स्थापना गरिएको हो ।

उक्त शिशु स्याहार केन्द्र एक्सन एड नेपालको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेपाल, डोटीद्वारा सञ्चालित ‘द महिला नेटवर्क परियोजना’ र केआइसिंह गाउँपालिका–७ नंं वडा कार्यालयको संयुक्त लगानीमा निर्माण गरिएको समविकास केन्द्र (इडिसी) नेपाल डोटीले जनाएको छ ।

केआइसिंह गाउँपालिका वडा नंं ७ मा रहेको लाटाकलारै आधारभूत विद्यालयसँगै रहेको जमीनमा समविकास केन्द्र डोटीको रु छ लाख ३८ हजार र उक्त वडाको रु २ लाख गरी जम्मा आठ लाख ३८ हजारको लगानीमा केन्द्रको २ कोठे भवन निर्माण गरी कक्षा सञ्चालन भइसकेको ७ नंं वडाका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए ।

३ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकाको स्याहार तथा उनीहरुको सिकाइ ज्ञान अभिवृद्धि गर्न र ती बालबालिकाका आमाको कार्यबोझमा कमी ल्याई उनीहरुलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन शिशु स्याहार केन्द्र स्थापना गरिएको सम विकास केन्द्र डोटीका कार्यक्रम प्रबन्धक महेश टेलरले बताए ।

उक्त केन्द्रमा हाल ३० जना बालबालिका भर्ना भई कक्षा सञ्चालन भइसकेको लाटाकलारै आधारभूत विद्यालयका प्रधानाध्यापक गगन बलायरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस