रुची अनुसारको अध्ययन गर्न पाए सबै बालबालिका सफल : प्रम ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रुची अनुसारको अध्ययन गर्न पाए सबै बालबालिका सफल : प्रम ओली


प्रशासन संवाददाता

१ माघ २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाइ रुची अनुसारको शिक्षा दिनुपर्ने बताएका छन् । रुची अनुसारको पठन पाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग –२०७५ को प्रतिवेदन आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।’रुची अनुसारको विषय र क्षेत्रको अध्ययन गर्न पाए सबै बालबालिका सफल हुन्छन्’ प्रधानमन्त्री ओलीले भने ‘फूटबलमा रुची हुनेलाई संगित सिकाएका छौं । आफ्नो होइन बाबुआमा र विद्यालयको रुची लादेका छौं । अनि बच्चलाई असफल घोषित गरेका छौं । यो प्रणाली राम्रो होइन ।’

अहिलेको शिक्षा प्रणालीले बालबालिकालाई असफल बनाएर उनीहरुको आत्मविश्वासमा बञ्चरो हानिरहेको प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले भविष्यका कर्णधार भनेर चिनिएका बालबालिकालाई असफल घोषित गरेर उनीहरुको मनोविज्ञान बिगार्नु गलत रहेको बताए । ‘परीक्षाका नाममा बालबालिकालाई फेल भनिरहंदा उसको आत्मविश्वासमा बञ्चरो प्रहर हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘बाल्यकालमै असफलताको बिल्ला भिराइदिएपछि बच्चाको मनोवल उठ्न सक्दैन । यसले समग्रतामा देशको भविष्यमाथी प्रहर गर्छ । ‘

बालबालिकाको मनोविज्ञानमा असर नपरोस भनेर असफल नहुने ग्रेडिङ प्रणाली ल्याएको प्रधानमन्त्रीले बताए । ‘यस प्रणालीले पनि शिक्षाको गुणस्तर बढाएको देखिएको छैन । हामीले जुन प्रणाली अपनाए पनि गुणस्तर वृद्धि खोजेका हौं ‘ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाललाई विशिष्ट प्रतिभाहरुको देश बनाउनुपर्ने बताएका छन् । ४२ /४३ प्रतिशत मात्र सफल हुने देश होइन अब उन्नत विद्यार्थी भएको देशको रुपमा नेपाललाई चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेपाललाई डिस्टिङसनहरुको देश बनाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने’असफलहरुको देशको परिचय अब बदल्नु पर्दछ । ‘
प्रधानमन्त्री ओलीले सरकार निजी विद्यालयहरुलाई पुल्पुल्याएर राख्ने पक्षमा नभएको बताएका छन् । ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैं घट्छ ‘ प्रधानमन्त्री ओलीले भने’ गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा जादैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिवन्द लगाउने पक्षमा छैन तर विद्यार्थी नै नभएपछि निजी विद्यालय कसरी टिकछन् र ?’

प्रधानमन्त्री ओलीले आयोगले वुझाएको प्रतिवेदन सिफारिस भएकोले यसको व्यापक अध्ययन गरिने बताएका छन् । ‘आसा छ यो प्रतिवेदन सिफारिस मात्र नबनोस नीति कै रुपमा यसलाई कार्यन्वयन गर्न सकियोस ।’प्रधानमन्त्री ओलीले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गीरीराजमणी पोख्रेलले आज बालुवाटारमा एक कार्यक्रमका बीच प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस