रञ्जु दर्शनाविरुद्ध समाचार लेख्ने अनलाइन सञ्चालक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रञ्जु दर्शनाविरुद्ध समाचार लेख्ने अनलाइन सञ्चालक पक्राउ


प्रशासन संवाददाता

१ माघ २०७५, मंगलबार


काठमाडौं । केही दिनअघि विभाजित भएको विवेकशील–साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने एक अनलाइन सञ्चालक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको अभियोगमा मुक्त मिडिया प्रालि र नेपाल टक डटकमकका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरेको हो ।

 अपारध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार काठमाडौंको शान्तिनगरमा बस्ने रोकालाई बूढानीलकण्ठ नगरपलिका–६ बाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तर्गत अनुसन्धान सुरु गरिएको सिंहले बताए । ‘न्यौपानेको चरित्र हत्या गर्ने गरी रोकाले अश्लील समाचार सम्प्रेषण गरेको पाइयो’, सिंहले भने, ‘यस किसिमका भ्रमपूर्ण समाचार अरु कसैले पनि सम्प्रेषण नगर्न आग्रह गर्दछौँ ।’

रोकाले विवेकशील–साझा पार्टी विभाजित भएपछि रञ्जुले कार्यालयमै आफूलाई पार्टी संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको समाचार सम्प्रेषण गरेका थिए । यो समाचार प्रकाशित भएलगत्तै रञ्जुले महाशाखामा साइबर क्राइम र गाली बेइजती अन्तरगत उजुरी दर्ता गराएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस