उपराष्ट्रपतिद्वारा झोलुङ्गे पुल अवलोकन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपराष्ट्रपतिद्वारा झोलुङ्गे पुल अवलोकन


प्रशासन संवाददाता

३० पुस २०७५, सोमबार


पर्वत । उपराष्ट्रपति नन्दकिशोर पुनले पर्वत सदरमुकाम कुश्माबजारमा रहेको मुुलुककै अग्लो झोलुेङ्गे पुलको आज अवलोकन गरेका छन् ।

जैमिनी नगरपालिकाको कुश्मिशेरामा आयोजना हुने प्रथम जैमिनी महोत्सव उद्घाटनका लागि पर्वत आएका पुनले यस्ता खालका संरचनाले नागरिकहरुको दैनिकीलाई सहज बनाएको बताए ।

सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङ र पर्वतकै ग्रामीण क्षेत्र जोड्न चार अग्ला र लामा पुल निर्माण भएका छन् । पुल अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकको समेत भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस