नयाँ मर्यादाक्रम सार्वजनिक, हेर्नुहोस् कसको स्थान कहाँ ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नयाँ मर्यादाक्रम सार्वजनिक, हेर्नुहोस् कसको स्थान कहाँ ?


प्रशासन विशेष ब्युरो

२६ पुस २०७५, बिहिबार


सह सचिव

काठमाडौँ । सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपति लगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधिलाई तल राखिएकोमा विवाद सिर्जना भएपछि हाल सो विवाद समाधान हुने गरी नयाँ मर्यादाक्रम सार्वजनिक गरेको हो ।

नयाँ मर्यादाक्रममा प्रदेश प्रमुखलाई आफ्नो प्रदेशभित्र छैटौँ नम्बरमा राखिएको छ भने सातौँ नम्बरमा केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री(आफ्नो प्रदेशभित्र), प्रदेश प्रमुख (आफ्नो प्रदेश बाहिर), विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरू, पूर्व प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता, व्यवस्थापिका संसद् पूर्व सभामुख, प्रतिनिधिसभाका पूर्व सभामुख, राष्ट्रिय सभाका पूर्व अध्यक्ष, नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री र पूर्वमन्त्री रहेका छन् ।

त्यसै गरी आठौँ स्थानमा नेपाल सरकारका राज्यमन्त्री, प्रतिनिधिसभाका मुख्य सचेतक(सक्ता पक्षको), प्रतिनिधिसभाका प्रमुख सचेतक(विपक्षीदलको), प्रतिनिधि सभाका विभिन्न सभाका सभापति, राष्ट्रिय सभाका विभिन्न समितिका सभापति, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, राष्ट्रिय सभाका सत्ता पक्षका नेता, राष्ट्रिय सभाका सत्ता पक्षको मुख्य सचेतक, र राष्ट्रिय सभाका विपक्षी दलको नेता, राष्ट्रिय सभाका विपक्षी दलको प्रमुख सचेतक र प्रदेश सभाका सभामुख रहेका छन् ।

नवौँमा नेपाल सरकारका सहायक मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधि सभाका सदस्य राष्ट्रिय सभाका सदस्य, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सभाका विभिन्न समितिका सभापति, काठमाडौँ महानगरपालिकाका प्रमुख, संविधान सभाका सदस्य, पूर्वै सांसद, नेपाल सरकारका मुख्यसचिव र प्रधानसेनापति रहेका छन् ।

त्यसै गरी १० औँ नम्बरमा प्रदेश सरकारका सहायक मन्त्री, प्रदेश सभाका सचेतक, प्रदेश सभाका सदस्य, महानगरपाकिालका प्रमुख(काठमाडौँ महानगरपालिकाबाहेक), जिल्ला समन्वय समितिका प्रमुख रहेका छन् ।

संवैधानिक निकायका सदस्य तथा आयुक्त, न्यायपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य, सङ्घीय सांसदका महासचिव, सर्वोचच अदालतका मुख्य रजिस्ट्रार, उच्च अदालतका मुख्य न्यायाधीश, नेपाल राष्ट्र बैङ्कका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपति ११ औँ स्थानमा रहेका छन् ।

नेपाल सरकारका सचिव एवं विशिष्ट श्रेणीका अधिकृत, राष्ट्र गौरव पाउने महानुभावहरू, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक(राअवि), सर्वोच्च अदालतका रजिस्ट्रार, नायव महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, उपमहानगरपालिकाका प्रमुख, काठमाडौँ महानगरपालिकाका उपप्रमुख १२ औँ स्थानमा रहेका छन् ।

त्यसै गरी उच्च अदालतका न्यायाधीश, नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजकलाई १३ औँ स्थानमा राखिएको छ ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष, नगरपालिकाका प्रमुख, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, प्रदेश लोक सेवा आयोगका सदस्यहरू १४ औँ स्थानमा रहेका छन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सहसचिव, राजपत्राँकित प्रथम श्रेणीका अधिकृत, जिल्ला न्यायाधीश, प्रदेश सरकारकार सचिव, प्रमुख जिल्ला अधिकारी(राजपत्रांकृत प्रथम श्रेणी), विश्व विद्यालयका सह प्राध्यापक १५ औँ स्थानमा छन् ।

त्यस्तै सहायक रथी, प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी नायव महानिरीक्षक, राअबि अनुसन्धान निर्देशक, नेपालस्थित विदेशी कन्सुल जनरल, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राअबी सह अनुसन्धान निर्देशक, प्रदेश सरकार तथा स्थानीय तहका रापत्रांकित प्रथम श्रेणी वा सेसरहका अधिकृत, प्रमुख जिल्ला अधिकारी(राजपत्रांकृत द्धितिय श्रेणी), सार्वनिक संस्थानका प्रमुख एवं कार्यकारी र गाउँपालिकाका उपाध्यक्ष १६ औँ नम्बरमा छन् ।

नेपापल सरकारका उपसचिव वा सो सरहका अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राअवी उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक १७ औँ नम्बरमा छन् ।

त्यसै गरी सेनानी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक, राअवी प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित द्धितिय श्रेणी वा सो सरहका अधिकृतहरू १८ औँ स्थानमा रहेका छन् ।

नेपाल सरकारका शाखा अधिकृत वा सो सरहका अधिकृत, सह सेनानी, विश्वविद्यालयका सहायक प्राध्यापक १९ औँ नम्बरमा छन् ।

२० औँ नम्बरमा प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत, उपसेनानी रहेका छन् भने प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित तृतीय श्रेणी वा सो सरहका अधिकृत, सहायक सेनानी २१ औँ नम्बरमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस