२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन

अ+ अ-

फिदिम । पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ । शिक्षा मन्त्रालयका उपसचिव विष्णु मिश्र सहितको टोलीले पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यताको खोजी गरेको हो । सम्भाव्यताबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय पाँचथरको समन्वयमा फिदिममा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आन्दोलनरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिबमोजिम पाँचथरको फिदिममा मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने निष्कर्ष निकालेको बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटीका सदस्य हर्कबहादुर नेम्वाङले बताए ।

बैठकपछि मेडिकल कलेज स्थापनाका लागि जिल्ला अस्पताल तथा फिदिम नगरपालिका वडा नं २ र ३ मा स्थलगत अवलोकन समेत गरिएको छ । सरकारले गत साउनमा पाँचथर–इलाम, डडेलधुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन एक महीनाभित्र शुरु गरिसक्ने केसीसँग सहमति गरेको थियो ।

सोही सहमतिअनुसार मन्त्रालयको टोलीले सम्भाव्यता अध्ययन गरेको हो । पाँचथरसहित पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम र इलामको केही भू–भागका गरी झण्डै छ लाख स्थानीयवासीले सेवा लिनसक्ने क्षेत्र भएकाले फिदिममा मेडिकल कलेज स्थापना गर्नु उपयुक्त हुने निष्कर्ष बैठकले निकालेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

मेडिकल कलेजका लागि आवश्यक भौतिक पूर्वाधार र जग्गाको व्यवस्था गर्न समेत जिल्ला सक्षम रहेकाले यसका लागि प्रक्रिया अघि बढाउन समेत सहभागीले माग गरेका थिए । सडकको पहुँचका हिसाबले अन्य जिल्ला तथा जिल्ला भित्रबाटै समेत फिदिम सहज रहेको उनीहरुको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस