२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलुबालीका किसान उत्साहित

अ+ अ-

पशुपतिनगर । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय स्थापना भएर आलुबालीको अनुसन्धानमा सक्रिय भएपछि पूर्वी नेपालको पहाडी जिल्लाका किसान उत्साहित भएका छन् ।

इलामको सन्दकपुर र माई जोगमाई गाउँपालिकामा पर्ने जौवारीमा सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्कको कार्यालय स्थापना भएपछि किसानलाई प्राविधिक सेवा र उन्नत जातका आलुका बीउ खरीदका लागि सहज भएको हो । विसं २०२२ सालमा निर्माण शुरु भई २०३६ सालसम्म सञ्चालनमा आएको आलु विकास केन्द्र बन्द भएको लामो समयपछि सरकारले २०७२ सालमा त्यहाँका जग्गा उपभोग गर्दै हिमाली क्षेत्रको अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

तत्कालीन कृषि विकासमन्त्री हरिबोल गजुरेलले उद्घाटन गरेका कृषि नार्कको अनुसन्धान केन्द्रमा अहिले आलुबाली, सागसब्जी र बङ्गुरपालनसम्बन्धी अनुसन्धान गरिँदै आएको छ । अलपत्र अवस्थाको आठ हजार ८२५ रोपनी क्षेत्रफलको सरकारी जग्गा उपभोगका लागि सरकारले नार्क स्थापनापछि आलुको बीउ उत्पादन गरी सरल मूल्यमा बिक्री गर्ने काम गरेको कार्यालयका प्रमुख तथा वरिष्ठ बालीविज्ञ राम कटुवालले बताए ।

२ हजार ८३५ मिटर उचाइमा अनुसन्धान केन्द्र स्थापनापछि इलाम, पाँचथर र ताप्लेजुङका किसानले सहजरुपमा गुणस्तरीय आलुको बीउ पाएका छन् । केन्द्र स्थापनापछि आलुको बीउको माग उच्च भएको वरिष्ठ बाली विकास अधिकृत कटुवालको भनाइ छ । शुरुमा भौतिक पूर्वाधार निर्माण गर्ने, अनुसन्धान केन्द्रमा आवश्यक संरचना निर्माण गरी आलुको परीक्षण र बीउ उत्पादन मात्रै गरेको थियो ।

केन्द्रले उच्च पहाडमा उत्पादन हुने खालका तरकारीबाली र कृषिबालीको अनुसन्धान तथा प्रमाणीकरण गरिरहेको प्रमुख कटुवालले बताए । राम्रो देखिएका आलुका जात, कृषिउपजका जाँच गरिँदा किसानलाई सहयोग पुगेको सन्दकपुर गाउँपालिकाका किसान उमेश गुरुङले बताए ।

किसानहरुको समूहमार्फत धान, गहुँ र मकैको बीउ उत्पादनको काम गर्दै आएको अनुसन्धान केन्द्रले पाख्रिबास कालो बङ्गुरलाई प्रवर्द्धन गर्न सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकामा प्रजनन केन्द्र स्थापना गरेको छ । जनक देव, डेजिरे, कार्डिनल, कुफ्री ज्योति, खुमल सेतो, खुमल उपहार प्रजातिको आलुको बीउ उत्पादन हुने केन्द्रमा अत्यधिक माग भएपछि किसानलाई भनेअनुसारको आपूर्ति गर्न सकेको छैन ।

भारत, भुटानबाट आलुको बीउ आयात हुने गरेको भए पनि केन्द्र स्थापना भएपछि किसानले बाह्य आलुको बीउको प्रयोग गर्न छोडेका छन् । सदरमुकामदेखि उत्तरको जौबारीमा यातायातका साधन चल्ने गाडी स्तरोन्नति नभए पनि किसान आफैँ बीउ लिन जाने गरेको अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रमा अहिले सात प्रजातिको आलुको बीउ उत्पादन गर्छ भने बाह्य अनुसन्धान केन्द्र नयाँबजारबाट धान, गहुँ, घाँसलगायतका कृषिउपजको अनुसन्धान गरिँदै आएको छ ।

केन्द्रले उत्पादन गरेको एक मन आलुको बीउबाट औसतमा १६ मनसम्म आलु उत्पादन हुने गरेको छ । केन्द्रमा उत्पादन भएको बीउ मध्य पहाडी क्षेत्रको समुद्री सतहको एक हजार २०० मिटरदेखि ४ हजार मिटरसम्मको उचाइमा खेती हुने गरेको । भारतसँग सीमा जोडिएको पर्यटकीय क्षेत्र रहेकाले जौबारीको अनुसन्धान केन्द्रलाई कृषि पर्यटनको रुपमा विकासका लागि नार्कको केन्द्रीय कार्यालयमा प्रस्ताव गरिएको केन्द्र प्रमुख कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस