२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु

अ+ अ-

जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए।

डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हुँदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड गर्दै छलगाडसम्म ट्र्याक खोलिसकेको छ । छलगाडसम्म ट्र्याक खुलेपछि खण्ड–खण्ड गरेर स्थानीय जीप सञ्चालनमा आएका छन् ।

यसैगरी सुंपानी–दुनै खण्डको सडकलाई पनि सडक विभागको गुणस्तरमा निर्माण गर्नका लागि सोमबारबाट नेपाली सेनाले दुई डोजर प्रयोग गरेर सुंपानीबाट निर्माण कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिए ।

सुंपानीदेखि दुनैसम्म १४ किलोमिटर मोटरबाटोलाई थप तीन मिटर चौडा गरेर सडक विभागको ग्रिडबमोजिमको सडक बनाउने कामलाई सोमबारबाट शुरुआत गरेर १०० मिटर जति आजै बनाइसकेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए ।

सुंपानीदेखि दुनैसम्मको सडकखण्डको ट्र्याक खुलेर जीप निर्वाधरुपमा सञ्चालन भएपनि १४ विभिन्न नदी तथा खोलामा मोटर सञ्चालन हुने पुल निर्माण नभएसम्म डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सञ्जालले छोएपनि यात्रुले सास्ती भोगिरहने छन् ।

यो बाटो विगत १० वर्ष अगाडिदेखि निर्माण शुरु भई ट्र्याक खुलेसँगै खण्ड–खण्ड गरी जिप सेवा सञ्चालन हुँदै आएको छ । महँगो भाडा तिरेर र ठाउँ–ठाउँमा पुल नहुँदा विभिन्न ठाउँमा वारिपारि पैदल हिँडेर भए पनि स्थानीयवासीले यात्रा गर्दै आइरहेका छन् । मोटरबाटो निर्माण शुरु भएपछि सुंपानीदेखि दुनैसम्मको बाटोमा पनि ढुक्कसँग यात्रा गर्न पाइने आशा स्थानीयवासीको छ । रासस

प्रतिक्रिया दिनुहोस