लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ


२४ पुस २०७५, मंगलबार


पक्राउ

लहान । लेनदेन बिगो मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई सोमबार साँझ सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सुरेशप्रसाद साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको लेनदेन मुद्दामा फरार रहेका सिराहा नगरपालिका–१२ सारश्वर निवासी चन्द्रदेव दासलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त दासलाई जिल्ला अदालत सिरहामा बुझाइने प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–१० स्थित धरमपुरमा स्थानीयवासीले बारीमा लगाएको करीब २०० बोट गाँजा फँडानी गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारी सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा करीब २६ हजार मूल्य बराबरको साडी कपडा बरामद गरेको छ ।

अग्निपीडित परिवारलाई राहत वितरण

सिरहाको नवराजपुर गाउँपालिका–१ गोरुवाहाका अग्निपीडित परिवारलाई आज गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादवलगायतका पदाधिकारी पीडित परिवारको घरमै पुगेर कम्मल, त्रिपाललगायतका राहत सामग्री वितरण गरे।

स्थानीयवासी रामेश्वर यादवको घरबाट सोमबार सल्किएको आगो फैलिएर आगलागी हुँदा उनको दुई घर र गोरु, भैँसी, बाख्रालगायत पशु चौपाया, अन्नबाली तथा छिमेकी विन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको थियो ।

आगलागी भएको घटना थाहा पाएलगत्तै गाउँपालिका अध्यक्षसहितका पदाधिकारी घटनास्थल पुगेको र पीडित परिवारकै आवश्यकताअनुसार तत्कालका लागि गाउँपालिकाको तर्फबाट त्रिपाल, कम्मललगायतका समान उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेश्वरप्रसाद पटेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस