राष्ट्रिय परिचय पत्र आधुनिक युगको प्रतीक : मन्त्री भण्डारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय परिचय पत्र आधुनिक युगको प्रतीक : मन्त्री भण्डारी


प्रशासन संवाददाता

२३ पुस २०७५, सोमबार


सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राष्ट्रिय परिचय पत्रले आधुनिक युगको प्रतीकात्मक प्रतिनिधित्व गर्ने बताएका छन् ।

मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको राष्ट्रिय परिचय पत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले उक्त अभियानमा हरेक नागरिक सहभागी हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय परिचय पत्र हरेक नागरिकको सुरक्षित र आधिकारिक अभिलेख भएको उल्लेख गरे।

सरकारले चालू आवमा कर्णाली प्रदेशका जुम्ला र सल्यानमा राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम शुरु गर्न लागेको छ । सो मन्त्रालयले १६ वर्ष उमेर पूरा गरेका नागरिकको वैयक्तिक एवं जैविक सूचनासहितको आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचय पत्र वितरणको अभियान सञ्चालनमा ल्याएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियाले राष्ट्रिय परिचय पत्रको अभियानले समुन्नत समाजको परिकल्पना गरेको बताए । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक महेशविक्रम शाहले सबै परिचय पत्रको मूल पत्रका रुपमा राष्ट्रिय परिचय पत्रको अवधारणा आएकाले सो अभियानसँग हरेक नागरिक जोडिनुपर्ने बताए। जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद चालिसेले सरकारी कर्मचारी प्रविधिमैत्री बन्न नसके अभियान प्रभावकारी रुपले अघि बढ्न नसक्ने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस