पश्चिमी वायुको प्रभावले वर्षा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पश्चिमी वायुको प्रभावले वर्षा


२३ पुस २०७५, सोमबार


काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फुलचोकी, चन्द्रागिरिलगायतका काठमाडौं उपत्यका वरपरका उच्च डाँडाहरुमा पनि सामान्य हिउँ परेको छ ।

सोमबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा भएपनि बेलुकादेखि मौसममा सुधार हुँदै जाने विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

विभागका अनुसार मङ्गलबार देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतयाः सफा रहनेछ । त्यस्तै बुधबार पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस