नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त


प्रशासन विशेष ब्युरो

२२ पुस २०७५, आइतबार


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् ।

खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीन जना मध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने अधिकारीलाई मन्त्रिपरिषद्ले प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित छनौट समितिले डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

अधिकारी नेपाल टेलिकमकै दसौँ तहका कर्मचारी हुने भने टेलिकमकै प्रबन्ध निर्देशकको प्राविधिक सल्लाहकारसमेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस