दीपक मनाङ्गेको सपथ आज « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दीपक मनाङ्गेको सपथ आज


२२ पुस २०७५, आइतबार


काठमाडौं । ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका दिपक मनाङे आज सपथ लिने भएका छन् । उनी मनाङबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद हुन् ।

सर्वोच्च अदालतमा उनको मुद्दा विचाराधिन अवस्थामा छ । उनी हाल थनामुक्त छन् । एकसाता अघि उनले सपथ लिन पाउँ भनि प्रदेशसभामा निवेदन दिएका थिए ।

मनाङ्‍गे तत्कालीन पुनरावेदन अदातलबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका थिए ।

आइतबारका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइएको नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारीले पुष्टि गरे। तर सपथ हुनेरनहुने बारे उनले खुलाउन चाहेनन्।

यसअघि रेशमकुमार चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा सपथ लिएपछि मनाङ्गेले पनि सपथ लिने बाटो खुलेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस