सरकार छल गर्‍यौ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकार छल गर्‍यौ


२१ पुस २०७५, शनिबार


खै किन हो सरकार, तिमीले हामीमाथि छल गर्‍यौ ?
जायज माग राख्दा उल्टै, हामीमाथि बल गर्‍यौ ।

जानुपर्थ्यो एउटा बाटो, लान खोज्यौ अन्तैबाट,
उल्टो तरिकाले तिम्ले हाम्रो, समस्याको हल गर्‍यौ ।

हामीले भन्यौँ छलफल गरौँ, वार्ता गरौँ निकास खोजौँ,
यसो भन्दा भन्छौ तिमीहरुले, सरकारसँग कल गर्‍यौ ।

स्थायी सरकार सुधार गर्ने, ठूलो अवसर थियो तिम्लाई,
यत्रो मौका पाउँदा पनि, तिमीले किन अलमल गर्‍यौ ?

खै किन हो सरकार, तिमीले हामीमाथि छल गर्‍यौ ?
जायज माग राख्दा उल्टै, हामीमाथि बल गर्‍यौ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस