प्रधानमन्त्री ओलीद्वारा कुलपतिहरूलाई शपथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओलीद्वारा कुलपतिहरूलाई शपथ


प्रशासन विशेष ब्युरो

१६ पुस २०७५, सोमबार


कुलपति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिहरूको शपथ गराएका छन् ।

आज सिंहदरबारमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कान्छा कुमार कर्माचार्यलाई शपथ गराएका हुन् । आजै सरकारले दुबैजनालाई कुलपति पदमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई नियुक्त गरिएकोले ती संस्थाहरू थप सृजनशील हुनु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नवनियुक्त कुलपतिहरूले समयका पदचापलाई बुझ्ने र त्यसै अनुसार काम गर्ने अपेक्षा गरिएको बताए । ‘आज हामी जहाँ पुगेका छौँ त्यहीँ रोकिने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईँहरूले समयको पद चाप बुझेर यी संस्थाहरूलाई त्यसै अनुसार अघि बढाउनुहुनेछ भन्ने अपेक्षा गरिएको छ ।’

नेपालीहरूको गौरवमय इतिहासलाई कायम राख्दै अघिल्लो पुस्ताका कलाकर्मीहरूले देखाएको बाटोलाई फराकिलो बनाउने काम यी संस्थाहरूले गर्नुपर्ने बताएका छन् । ‘विगतमा अरूलाई बाटो देखाउने सांस्कृतिक झिल्कोले जता जता प्रज्वलित गर्न सक्छ गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर यी सबै कुराको परिणाम सकारात्मक आउनु पर्दछ ।’

यसै गरी ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपति गोपाल चित्रकार र सदस्यसचिव विपिन कुमार घिमिरेले पनि आजै शपथ ग्रहण गरेका छन् । यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्यसचिव श्याम प्रकाश तमोटले पनि आजै शपथ ग्रहण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस