२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिटरले जलायो एक इन्जिनियर दम्पत्तिको सपना

अ+ अ-

काठमाडौं । हिटरमा जलेर एक इन्जिनियर दम्पत्तिको ज्यान गएको छ । जाडोको मौसममा हिटर ताप्न सबैलाई आनन्द आउँछ । यहीँ हिटरले कतिखेर ज्यान लिन्छ पत्तै हुँदैन । उनीहरुको डेढ वर्षको छोरा यतिबेला भक्तपुर अस्पतालमा उपचाररत छन् । उनी खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।

जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडकबिभागमा कार्यरत इन्जिनियर अप्सरा श्रेष्ठले हिटरबाट सल्केको आगोले ज्यान गुमाएका छन् । आगोमा जलेर घाइते भएका दम्पत्तिलाई बेहोश अवस्थामा उद्दार गरिएको थियो । बेहोश अवस्थामा उद्दार गरिएकाले आगो कसरी लाग्यो भन्ने यथार्थ विवरण आउन सकेको छैन । घटनास्थलको प्रकृति हेर्दा भने हिटरको ग्यास लिक भएर आगलागी भएको देखिन्छ । ग्यास र विजुली दुवैबाट चल्ने उक्त हिटर उनीहरुले सोही दिन बनाएर ल्याएको पनि बुझिएको छ ।

दुबैजना ढोका थुनेर चुकुल लगाइ हिटर बालेको बेला हिटरबाट ग्यास लिक भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले तीनै जनालाई नजिकै रहेको सहिद मेमोरियल अस्पताल पुर्‍याए । तर, त्यहाँ उनीहरुको सही ढंगले उपचार भएन । चिकित्सकहरुका अनुसार आगोमा जलेका बिरामीलाई तत्काल स्लाइन दिनुपर्ने हुन्छ किनकी आगोले शरीरको सबै पानी सोसेको हुन्छ । तर, अस्पतालले दुई घन्टासम्म राख्दा स्लाइन दिएन र दुवै बिरामीको अवस्था जटिल भएपछि किर्तिपुर अस्पताल रिफर गरिदियो । जलेका बिरामीका लागि किर्तिपुर अस्पताल सबैभन्दा राम्रो मानिन्छ ।

उनीहरु दुबै जनालाई भेन्टिलेटरमा राखेर उपचार सुरु भभए पनि उनीहरु होसमा आउन सकेनन् । पुष्करको दुवै हात काम नलाग्ने भएकाले काटियो तर, पनि उनको ज्यान जोगिन सकेन । पुष्करको उपचारकै क्रममा ११ गते राति निधन भयो ।

उनीहरुलाई एयर एम्बुलेन्समा राखेर भारत लैजाने समेत तयारी भएको थियो । दुवैलाई एउटै एयर एम्बुलेन्समा लैजान नमिल्ने भएकाले केही इन्जिनियरहरु मिलेर २०२० लाखमा दुई खेपगरी लैजाने भनेर कुरा गरिसकेका थिए । डाक्टरहरुले एयर एम्बुलेन्समा चढाउनका लागि एयरपोर्टसम्म लैजान पनि सुरक्षित नदेखेर डाक्टरहरुले अनुमति दिएनन् ।

अप्सराको पनि उनी होशमा आउन नसकेपछि किड्नीमा असर पुगेको आशंकाले डाइलासिस गर्नुपर्ने डाक्टरहरुले बताए । किर्तिपुरमा डाइलासीस सुविधा नभएपछि भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा लगियो । त्यहाँ पनि भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा उनको पनि आज बिहान मृत्यु भएको छ ।

पुष्कर बैतडी दोगडाकेदारका हुन भने अप्सरा तनहुँकी हुन् । दुबैको परिवार काठमाडौं आइपुगेको छ । उनीहरु ककंकीमा फ्लयाट भाडामा लिएर बस्थे । दुवै कार्यालय जान्थे । बच्चा सानो हुँदा हेरविचार गर्न अप्सराकी आमा पनि सँगै बस्थिन् । तर, घटना भएको दिन उनी सँगै नभएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस