शिखर नगरपालिकाको आफ्नै बस सेवा सुरु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

शिखर नगरपालिकाको आफ्नै बस सेवा सुरु


१५ पुस २०७५, आइतबार


डोटी । डोटीको शिखर नगरपालिकाले बस सेवा सञ्चालन गरेको छ । नगर क्षेत्र भित्र सञ्चालन हुने बस सेवाको आइतबार नगर प्रमुख सिताराम जोशीले उद्धघाटन गरेका छन् । नगरपालिकाले आफ्नै स्रोतमा सञ्चालन हुने उक्त बस दिपायलदेखि रडुवासम्म सञ्चालन हुने शिखर नगरपालिकाका प्रेस सल्लाहकार योगेन्द्र बलायरले जानकारी दिए।

नगरपालिकाले २ वटा बस सञ्चालनमा ल्याएको हो । नगरवासीको समस्या र आश्यकतालाई मध्यनजर गर्दै बस सेवा सुरु गरिएको शिखर नगरपालिकाका मेयर सिताराम जोशीले बताए ।

मेयर जोशीले भने ‘यहाँका नगर क्षेत्रका जनतालाई स्थानीय यातायातको निकै समस्या थियो हामीलाई अब विश्वास छ नगर क्षेत्रको यातायातका लागी नगरवासीलाई सुविधा हुनेछ ।’ ५६ लाख ६० हजारको लागतमा बस खरिद गरिएको शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस