२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुग्ध क्षेत्रको कूल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान

अ+ अ-

सुर्खेत । नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान पुर्‍याएको जनाएको छ । एशोसिएशनको वीरेन्द्रनगरमा सम्पन्न २०औँं राष्ट्रिय साधारणसभामा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

दुग्ध उद्योगले सरकारलाई वार्षिक रु १ अर्ब राजश्व बुझाउँछ । दैनिक रु तीन करोड बराबरको दुग्ध उत्पादन गाउँबाट शहर प्रवाह भइरहेको एशोसिएशनले जनाएको छ । नेपालमा हाल ५० लाख लिटर दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये कृषक स्वयंले ५० प्रतिशत दूध उपभोग गर्ने गरेका छन् ।

कूल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान पु¥याएको क्षेत्रलाई समेत राज्यले उपेक्षामै राखेको दुग्ध व्यवसायीको गुनासो छ । ‘दुग्ध उद्योगमा ५ लाख कृषक परिवार रोजगारीमा आबद्ध छन्, ३० हजार बढीले उद्योगमै प्रत्यक्ष रोजगारी पाएको अवस्था छ’, एशोसिएशनका महासचिव प्रल्हाद दाहालले भने, ‘सरकारले दिँदै आएको ५० प्रतिशत भ्याट छुट पनि हटाएको छ, जसले गर्दा आयातित दुग्ध पदार्थसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको छ ।’

कर्णाली प्रदेशमा भने दुग्ध क्षेत्रको अवस्था निकै कमजोर रहेको जनाइएको छ । यहाँका दुग्ध उद्योगले दैनिक एक लाख लिटर दूध उत्पादन गर्दै आएका छन् । दुग्धजन्य घरेलु उद्योग १५० र डेरी काउन्टर २०० रहेको एशोसिएशनको तथ्याङ्क छ । कर्णालीमा दैनिक दुई लाख लिटर दूध कृषकले घरमै खपत गर्ने गरेका छन् । यहाँ ५० प्रतिशत दूध अभाव रहेको एशोसिएशनको जिकिर छ ।

एशोसिएशनले वैदेशिक लगानीबिनै दुग्ध उद्योग सञ्चालन गर्न सकिने हुँदा यस क्षेत्रमा लगानीको उचित वातावरण बनाउन प्रदेश सरकारलाई आग्रह गरेको छ । दुग्ध क्षेत्रमा विदेशी लगानी आवश्यक नभएको तर भित्रिएको खण्डमा पाँच लाख कृषक परिवारको रोजगारी जोखिममा पर्ने व्यवसायीको चिन्ता छ । ‘मुलुकको अर्थतन्त्रमा ह्रास मात्र नभई दूरदराजका बासिन्दाको एकमात्र आयस्रोत गुम्ने खतरा हुनसक्छ’, एशोसिएशनका निर्वतमान अध्यक्ष सुमित केडियाले भने ।

एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले प्रदेश नं ३ र ४ सरकारले प्रादेशिक दुग्ध विकास बोर्ड गठन गरिसकेको जानकारी दिए । एशोसिएशनले बाँकी प्रदेशमा दुग्ध विकास बोर्ड गठन गर्न, दुग्ध विकास नीति परिमार्जन गर्न, उपकरण खरिदमा सहुलियत दिन, सातै प्रदेशमा पाउडर प्लान्ट स्थापनाका लागि सहयोग गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस