न्यानो कपडा वितरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

न्यानो कपडा वितरण


१४ पुस २०७५, शनिबार


दमौली । जिल्ला बालकल्याण समितिले व्यास नगरपालिका–११ राम्चेस्थित सूर्योदय आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ ।

सिर्जनशील बालविकास संस्था पोखराको समन्वयमा समितिले विद्यालयमा अध्ययनरत २२ छात्रछात्रालाई शुक्रबार न्यानो कपडा र झोलासहित शैक्षिक सामग्री वितरण गरेको हो ।

उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बालबालिकालाई न्यानो कपडा वितरण गर्दै यसले विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्‍याउने बताए । उनले भने, “चिसोका कारण न्यानो कपडा नहुँदा विद्यार्थी विद्यालयमा अनुपस्थित हुने क्रम बढ्दो छ, न्यानो कपडाले उनीहरुलाई विद्यालय आउने वातावरण सिर्जना गर्ने अपेक्षा गरेका छौँ ।”

यसैगरी रोटर्‍याक्ट क्लब अफ दमौली र रोटर्‍याक्ट क्लब मनोहरा काठमाडौँले समेत शुक्रबार व्यास नगरपालिका–११ शेरास्थित तातोपानी आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा र झोला वितरण गरेको थियो ।

अध्ययनकार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त विद्यालयमा अध्ययनरत २६ छात्रछात्रालाई न्यानो कपडा र झोला वितरण गरिएको रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विपीन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस