२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : अध्यक्ष प्रचण्ड

अ+ अ-

बनेपा । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताएका छन् ।

शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उनले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताए । “संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ”, अध्यक्ष प्रचण्डले भने, “अब त्यसलाई व्यवहारमा उतार्न हामी अगाडि बढिरहेका छौँ ।”

स्थानीय तहले पनि सेवासम्बन्धी ऐन बनाएर कर्मचारी भर्ती गर्ने अधिकार पाउने उल्लेख गर्दै उनले राष्ट्रसेवक कर्मचारीले देशको कुनै पनि भागमा सरकारले खटाएअनुसार जानुपर्नेमा जोड दिए। “खटाएअनुसार जान तयार नहुने कर्मचारीलाई राज्यले बिदा गर्नुपर्छ र नयाँ कर्मचारी भर्ती गरेर भएपनि संविधान कार्यान्वयन गर्नेतिर लाग्नुपर्छ”, अध्यक्ष प्रचण्डले भने, “अहिले ऐनहरु बन्दैछन् र कर्मचारीलाई स्थानीय तह, प्रदेश र सङ्घ सबैतिर समायोजन गर्ने नयाँ प्रक्रिया शुरुआत हुँदैछ ।”

उनले आम नागरिकलाई नयाँ व्यवस्थाको कार्यान्वयनमा आ–आफ्ना ठाउँबाट योगदान पुर्‍याउन आग्रहसमेत गरे । लाखौँ नेपालीको त्याग, मेहनत र समर्पणबाट ल्याएको व्यवस्था भएकाले त्यसलाई व्यवस्थित गर्न सरकार लागिपरेको अध्यक्ष प्रचण्डले बताए ।

कोसीपारि क्षेत्रमा आर्थिक र पर्यटन विकास गर्न सकिने भएकाले त्यसका लागि चौरीखोला र सुनकोसी दोभानमा सयौँ मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना बनाउन सके त्यहाँका जनताको जीवनमा ठूलो परिवर्तन हुने उनले बताए ।

अध्यक्ष प्रचण्डले कोसीपारिको विकास निर्माणलगायत समस्या समाधान गर्न आफूले सरकारमा पहल गर्ने र स्थानीय विद्यालयको भौतिक, शैक्षिक र सिङ्गो गाउँपालिकाको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

यसैबीच नेकपाको ११ दिनदेखि चलेको स्थायी समितिको बैठकले तल्लो निकायसम्म छिटो पार्टी एकता हुनुपर्ने र सरकारको काम छिटो भइदिए हुन्थ्यो भन्ने जनताको आवाज र चाहनालाई पूरा गर्न बैठकले ठोस निर्णय गरिसकेकाले त्यसका लागि पुस महीनाभित्र देशैभरि पार्टी र जनसङ्गठनको एकता गरिसक्ने निर्णय पनि भइसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस