काठमाडौं । आज नयाँ बन्ने धरहराको शिलान्यास हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
आजबाट धरहरा पुनर्निमाणको काम औपचारीक रुपमा शुरु हुने भएको हो ।
चार बर्ष अघि प्रधानमन्त्री ओलीले मेरो धरहरा मै बनाउँछु भन्ने अभियान शुरु गरेका थिए तर काम हुन सकेको थिएन ।
२०७२ को विनाशकारी भूकम्पले भिमसेन थापाको पालामा बनेको धरहरा भत्किएको थियो ।
धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–जेभीलाई दिएको छ ।
पुरानो धरहराकै छेउमा पुरानै स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको प्राधिकरणले जनाएको छ ।
भूकम्पले भत्काएको धरहरा भने सिसाभित्र राखेर संरक्षण गरिने भएको छ ।







