२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक आन्दोलनका उपलब्धि संस्थागत गर्नुपर्छ : प्रम ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धिको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दल (संघीय संसद् र राष्ट्रिय सभा)को बैठकमा उनले राजनीतिक आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्ने बताए । “२००७ सालमा राणा विरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धिको संरक्षण भएन ।

२०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्धि संस्थागत भएन,’ उनले भने, ‘२०६२/६३ को जनआन्दोलनका उपलब्धिलाई पनि संस्थागत र सफल हुन नदिने मनसाय बोकेका केही मानिसहरु छन् । तिनको मनसाय पूरा हुन दिनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले आजदेखि शुरु संसद्को अधिवेशन विधेयक अधिवेशन भएकाले सरकारले संसद्मा पेश गरेका विधेयकहरुको गहन अध्ययन गर्न र त्यसमा सुझाव दिन सांसदहरुलाई निर्देशन दिएका छन् । ‘विधेयकहरु पारित भएपछि कानूनको रुपमा आउँछन् । त्यस कारण यसको गहन अध्ययन गर्नुहोस् । पार्टी नीति र सिद्धान्तअनुसार आफ्ना कुराहरु राख्नुहोस्,’उनले भने ।

प्रधानमन्त्री ओलीले सांसदलाई सरकारका काम कारवाहीका बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशनसमेत दिएका छन् । ‘सरकारले राम्रो काम गरिरहेको छ । विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस्,’ उनले भने, ‘मन्त्रीहरुले पनि सांसदलाई मन्त्रालयले गरेका राम्रा कामहरुको जानकारी दिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस