ज्वालामुखीपछिको आँधीका कारण २८१ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ज्वालामुखीपछिको आँधीका कारण २८१ जनाको मृत्यु


९ पुस २०७५, सोमबार


इन्डोनेसिया । ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २८१ पुगेको छ ।

इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो ।

नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो ।

“दृश्यहरु आशु झर्ने खालका थिए,” स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भने । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् ।

पछिल्लो विवरण अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या २८१ पुगेको पुष्टी भएको छ भने ८५३ जना घाइते भएका र २८ जना बेपत्ता भएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस