२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस महासमिति बैठक आज समापन हुँदै

अ+ अ-

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ ।

आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि सबै प्रतिवेदन पारित भई आजै बैठक समापन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान मस्यौदामाथि बोल्ने क्रम विहानै देखि जारी छ । बैठकले विधान मस्यौदा, राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनलाई पारित गर्नेछ ।

विधान बाहेक अन्य प्रतिवेदनमाथिको छलफल भने सम्पन्न भइसकेको छ । अन्य चार प्रतिवेदनमाथि बैठकको सुरु मै पेश भई छलफल भएपनि विधान मस्यौदा प्रतिवदेन भने शनिबार मात्र पेश भएको हो । विधान मस्यौदामा शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा समय मै सहमति हुन नसक्दा उक्त प्रतिवदेन पेश हुन ढिलाइ भएको थियो ।

शीर्ष नेताबीच लामो रस्साकस्सीपछि शुक्रबार मात्रै पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका बारेमा सहमति भएको थियो । सोही दिन उक्त प्रस्तावलाई पार्टीको केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मतले पारित गरेको हो ।कांग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । महामन्त्री एवं समितिका संयोजक खड्काले केन्द्रीय समिति बैठकबाट पारित विधान मस्यौदालाई शनिबार महासमिति बैठकमा प्रस्तुत गरेका थिए ।

महासमिति बैठक गत मङ्सिर २९ गते नामावली दर्ता तथा स्वागत र यही पुस १ गते उद्घाटन भई सोही दिनदेखि बन्द सत्र शुरु भएको हो । पाँचै प्रतिवदेनमाथि सबै जिल्ला, निर्वाचन क्षेत्र, वर्ग, समुदाय, भूगोल समेटिने गरी करिब २५० सहभागीले आफ्ना धारणा राखिसक्नुभएको पार्टी केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुलीले बताए ।

चौध पदाधिकारी, १६७ सदस्यीय केन्द्रीय समिति रहने

महासमिति बैठकमा छलफल भइरहेको विधान मस्यौदामा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ । त्यस्तै आठ सहमहामन्त्रीमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिनेछन् । सबै समावेशीताका आधारमा सदस्यको निर्वाचनका साथै ३३ जना मनोनित हुने व्यवस्था विधान मस्यौदामा छ ।

काङ्ग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ ।

महासमितिको निर्धारित बैठक अवधिमा छलफल गर्न समय अपर्याप्त भएको भन्दै बैठक लम्बिएको छ । महासमिति बैठक पुस ४ गतेसम्म सिंहदरबार पश्चिम गेटअघिको एक पार्टी प्यालेसमा भएको थियो भने पुस ५ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो । महासमिति बैठकका लागि पार्टी प्यालेसमा रिजर्भ गरिएको निर्धारित समय समाप्त भएपछि बैठक स्थल पार्टी कार्यालय सारिएको थियो ।

‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको बैठकमा संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।

काङ्ग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधान कार्यान्वयन गर्न काङ्ग्रेस नेतृत्वकै सरकारका पालामा गत वर्ष भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएको अवस्थामा यो महासमिति बैठक भएको छ । पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठकले पारित गर्ने प्रतिवेदनको कार्यान्वयनले पार्टीलाई नयाँ ऊर्जा दिने कांग्रेसजनको अपेक्षा छ ।

महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ । त्यस्तै महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एकपटक हुने उल्लेख भए पनि वि.सं. २०७२ मा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हुँदैन ।

प्रतिक्रिया दिनुहोस