सरकारी चिकित्सक संघद्वारा निर्णायक आन्दोलनमा होमिने चेतावनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारी चिकित्सक संघद्वारा निर्णायक आन्दोलनमा होमिने चेतावनी


प्रशासन विशेष ब्युरो

६ पुस २०७५, शुक्रबार


सरकारी चिकित्सक संघ

काठमाडौँ । सरकारी चिकित्सक संघ, नेपालले निर्णायक आन्दोनमा होमिने चेतावनी दिएको छ ।

संघले उपप्रधान एवम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै अस्तित्व जोगाउन विषम परिस्थितिमा राखेका मागहरू पुरा नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको हो ।

सरकारी चिकित्सकहरूसँग सम्बन्धित समयानुकूल मुद्दाहरूमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदासमेत मन्त्रालय कहिल्यै गम्भीर नभएको तथा मागको सुनुवाइ नगरिएकोले सरकारी चिकित्सकलाई हतोत्साहीत गर्न खोजिएको संघको ठहर छ ।

संघले समायोजन अध्यादेश, स्वास्थ्य सचिव नियुक्ति,चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, संघीय निजामती ऐन तथा अन्य गरी विभिन्न ५ वटा विषयमा केन्द्रित रही आफ्ना मागहरू राखेको छ ।

हेर्नुहोस् मागहरू

 

Tags :
प्रतिक्रिया दिनुहोस