२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छालाका बिरामीमध्ये ६० प्रतिशतमा ‘टिनिया’

अ+ अ-

बाँके । छालाको समस्या लिएर आउने अधिकांश बिरामीमा ‘टिनिया’को समस्या रहेको छ ।

स्वास्थ्यका बारे जनचेतना नभएकाले, सरसफाइमा ध्यान नदिँदा सङ्क्रमणबाट ढुसी (फंगस) बढी देखा पर्ने गरेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका चिकित्सक डा. कुमार पोखरेलले बताए ।

मेडिकल भाषामा ‘टिनिया’का नामले परिचित यो रोगका कारण ६० प्रतिशत नागरिक पीडित भइरहेका छन् । यसमा दुबी, दादलगायतका सबै रोग पर्ने चिकित्सकको भनाइ छ । नेपालमा कुष्ठरोग छैन भन्ने दाबी गरिए पनि पश्चिम क्षेत्रमा कुष्ठरोग अत्यधिक देखिएको छ ।

नेपालगञ्जका ठूला भनिएका अस्पतालमा कुष्ठरोगका बिरामी अहिले पनि आइरहेका छन् । कुष्ठरोग अरु छालाको रोगसँग मिल्दोजुल्दो देखिने भएकाले अरु सामान्य सङ्क्रमण हो भनेर आफैँ औषधि प्रयोग गरिरहेको चिकित्सक बताउँछन् । कतिपय बिरामी अस्पतालको पहुँच बाहिर रहनुका साथै जिल्लामा छालाका विशेषज्ञ चिकित्सकको अभावमा आफूखुशी मेडिकलमा गई मलहम किनेर लगाउने गर्दै आएका छन् । लामो समय बितेपछि जब हातखुट्टा झमझम गर्छ, नसा दुख्छ, लुलो हुन्छ तब अस्पतालमा आउने गरेको भेटिएको भेरी अञ्चल अस्पतालले जनाएको छ ।

नेपालगञ्जका अस्पतालमा कुष्ठरोगबाहेक अन्य छालाका सङ्क्रमणबाट हुने रोगी पनि आउने गरेका छन् । पहिलेभन्दा अहिले छालासम्बन्धी चासो लिएर जाँच गराउनेको सङ्ख्या बढेको छ । अहिले त नेपालगञ्जमा भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा छालाका विशेषज्ञ चिकित्सक पनि छन् ।

नेपालमा बढी देखिने पाँच रोगमध्ये एक छालासम्बन्धी भएको डा पोखरेल बताउँछन्। उनी भन्छन्, “नेपालमा छाला रोगको समस्या धेरै छ । कूल जनसङ्ख्याको २५ प्रतिशतमा कुनै न कुनै र पाँच प्रतिशतलाई कडा खालको रोग छ जसको तत्काल उपचार जरुरी छ ।” उनका अनुसार यो रोग मौसमअनुसार पनि मानिसमा देखिन सक्छ ।

डा. पोखरेलका अनुसार पछिल्लो समय शहरीकरणले उब्जाएको फोहर, धूलो, धुवाँ र प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ ।

“छालाका समस्यालाई सामान्य ठानियो र समयमै सही उपचार गरिएन भने त्यसले पछि क्यान्सरको रुप लिन सक्ने खतरा पनि रहन्छ”, डा. पोखरेल बताउँछन् ।

नेपालमा कति मानिसलाई छालाको समस्या छ भन्ने हालसम्म एकिन तथ्याङ्क भने रहेको पाइँदैन । रासस