ट्याक्सी चालकको आँखा फुटाइ लुटपाट « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

ट्याक्सी चालकको आँखा फुटाइ लुटपाट


४ पुस २०७५, बुधबार


काठमाडौं । ललितपुरमा ट्याक्सी चालकको आँखा फुटाइ लुटपाट गरिएको छ । दुई अज्ञात व्यक्तिले पुल्चोबाट संखमुल जाने भनी ट्याक्सी चढेर बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि ४३ वर्षीय चालक डम्बर खड्कामाथि कुटपिट गरी नगद तथा मोबाइल लुटेका छन् ।

घटनामा बा १ ज ६१५७ नम्बरका ट्याक्सी चालक खड्का घाइते भएका र उनको देब्रे आँखामा चोट लागेको छ । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिरामी भन्दै ट्याक्सी चढेका उनीहरुले चालकमाथि कुटपिट गरी नगद ६ हजार रुपैयाँ र मोबाइल लुटेर लगेको पिडितले बताएका छन् ।
घटनाको अनुसन्धान भइरहेको  छ ।

Tags :
प्रतिक्रिया दिनुहोस