२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७९ उद्योगमाथि मुद्दा दायर

अ+ अ-

हेटौँडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ ।

कार्यालयका अनुसार २०७५ साउनदेखि कात्तिकसम्म विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण गर्दा दूषित एवम् अखाद्य वस्तु मिसावट गरिएको आरोपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ ।

खाद्य अनुसन्धान अधिकृत आकाश काफ्लेका अनुसार बारा, पर्सा, मकवानपुर, सर्लाही, चितवन र रौतहटका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सङ्कलित नमूनामा जाँच गर्दा कमीकमजोरी पाइएकाले मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएका ७९ वटा उद्योगमा दुग्धपदार्थ, चियाकफी, तेल, घ्यू, पानी, दालदलहन तथा दानालगायतका खाद्य पदार्थ रहेको बुझिएको छ ।

कार्यालयले नियमित रुपमा अनुगमन, निरीक्षणका साथै चेतनामूलक कार्यक्रम गरी उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराउँदै आएको छ । यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न ठाउँबाट सङ्कलन गरी ल्याइएको खाद्यपदार्थको जाँच गर्दा कमीकमजोरी भेटिएका वा पाइएका ११९ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान माथि मुद्दा दायर गरेको कार्यालयबाट उपलब्ध विवरणमा उल्लेख गरिएको छ ।

साथै कार्यालयले सो अवधिमा अनुज्ञापत्र नवीकरणबाट रु छ लाख २४ हजार तथा अनुज्ञापत्र जारी र विविध कामबाट रु चार लाख २८ हजार राजश्व सङ्कलन गरेको बुझिएको छ । रासस