काठमाडौं । पूर्वप्रधानमन्त्री स्व डा. तुलसी गिरीको आज अन्त्येष्टि गरिने भएको छ । उनको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दिउँसो ३ बजे गरिने भएको छ ।
स्व गिरीकै आग्रह अनुसार उनको दाहसंस्कार विद्युतीय शवदाह गृहमा गरिने पारिवारिक स्रोतले जनाएको छ । दुई बजेसम्म शव उनकै निवासमा राखिने जनाइएको छ ।
गिरीको मंगलबार ९३ वर्षको उमेरमा निधन भएको थियो ।