२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य शिविरमा पाँच सय जनाको उपचार

अ+ अ-

पाल्पा। पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् ।

रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिनका लागि शिविर आयोजना गरिएको हो । “स्वास्थ्य परीक्षण गर्नेको चाप बढेपछि एकदिने शिविरलाई दुई दिनसम्म सञ्चालन गरेका हौँ,” उनले भने । रामपुर नगरपालिकाको समन्वय र वडा नं ६ को व्यवस्थापनमा चण्डेश्वरी आयुर्वेदिक प्रालि, काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । शिविरमा आयुर्वेद विभागका पूर्वमहानिर्देशक शेषराज आचार्यसहितको टोलीले आयुर्वेदिक पद्धतिको अध्याधुनिक उपकरणबाट स्वास्थ्य परीक्षण गरेको थियो ।

अनुदानमा हाते ट्याक्टर

पाल्पाको पूर्वखोला गाउँपालिकाले कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाको वडा नं ३ रिङ्नेरहमा साविकका नौ वडाका कृषक समूहलाई एक/एक हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडाध्यक्ष निलकण्ठ भट्टराईले जानकारी दिए।

गाउँपालिकाका छ वडामा ५३ हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा बताउँछन् । अनुदानमा हाते ट्याक्टर पाएपछि यहाँका कृषक खुशी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस