काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ ।
वरिष्ठ राजनीतिज्ञ गिरीको मंगलबार बिहान निधन भएको हो ।
उनको ९३ वर्षको उमेरमा आफ्नै निवास बुढानीलकण्ठमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।
कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएर घर गएका थिए।
नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।