पाकेटमारको नाइकेसहित सात पक्राउ « प्रशासन
prasaLogo
३ पुष २०७५, मंगलवार

पाकेटमारको नाइकेसहित सात पक्राउ


प्रकाशित मिति : 18 December, 2018 7:37 am

pakrau

काठमाडौँ । साङ्केतिक भाषाको प्रयोग गरी सर्वाजनिक सवारी साधनका यात्रुको पाकेटमारी गर्ने ‘नाइके मास्टर’ भनिने पूर्णबहादुरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चक्रपथ रुटमा चल्ने विभिन्न सवारी सधानमा यात्रा गर्ने यात्रुको पाकेट मार्दै आएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रभाग गोङ्गबुबाट सादा पोशाकमा खटिएको प्रहरीले बसुन्धराबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अभियुक्तको कोठा खानतलासी गर्दा ७० हजार ५००, भारतीय रुपैयाँ पाँच हजार ५००, लागुऔषध गाजा र विभिन्न कम्पनीका ३० थान मोबाइलसमेत बरामद गरेको महागरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस