काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेसको महासमिति बैठकमा राखेको प्रस्तावले नयाँ तरंग पैदा गरेको छ। आइतबार आफ्नो धारणा राख्दै अध्यक्ष महरले ३ पटक सांसदको टिकट पाइसकेका र ३ पटक केन्द्रीय सदस्य बनिसकेकाहरुले अब नयाँलाई बाटो खुला गरिदिनुपर्ने प्रस्ताव राखे।
लामो समयसम्म पार्टीमा एउटैले पद आगटिरहदा कार्यकर्तामा वितिष्णा प्रदा गर्ने भन्दै उनले नीतिमा परिवर्तन गर्नुपर्ने बताए। ‘तीन पटक लगातार पार्टीको तर्फबाट सांसदको लागि टिकट पाएका अग्रजहरुले एक पटक बाटो खाली गरेर नयाँलाई अवसर दिनुपर्छ’, उनले भने, ‘यति मात्रै होइन, तीन पटकसम्म केन्द्रीय सदस्यमात्रै बन्नेले त्योभन्दा बढी पटक किन बन्नेरु या त पदाधिकारी बन्नुस्, नत्रभने बाटो खाली गर्नुस्।’
उनले उक्त प्रस्ताव गरिरहदा दुई तिहाई सदस्यले समर्थन जनाउँदै तालि बजाएका थिए। उनको प्रस्तावले पुराना नेताहरु सकरात्मक नदेखिएपनि नयाँमा भने उत्साह थपिएको छ।
अध्यक्ष महरले नेपाली कांग्रेसका सक्रिय सदस्य आर्थिक रुपमा पनि पारदर्शि हुनुपर्ने धारणा राखेका थिए। कांग्रेसको सक्रिय सदस्य भएपछि सबैले आर्थिक पारदर्शिता पेश गर्नुपर्ने उनको धारणा छ।
उनले केन्द्रीय समितिको आकारलाई बढाउन जरुरी भएको बताएका छन्। अध्यक्ष महरले १५१ को हाराहारीमा कसैलाई सिण्डिकेट लगाउनु पर्ने जरुरी नभएको भन्दै उनले पार्टीमा सबैको पहुँच स्थापना गर्नुपर्ने धारणा राखे।