२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताएका छन् ।

तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, “प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छौँ, यतिको राम्रो उदाहरण संसारमा कहीँ देखिएको छैन ।” ठट्टाको शैलीमा प्रधानमन्त्री ओलीले भने, “संविधानले दिँदैन, नत्र दु्ई जना मिलेर प्रधानमन्त्री भई देश पनि चलाउथ्यौँ ।”

मुलुकमा गणतन्त्रलाई संस्थागत गर्न नचाहनेहरुले अनेकखालका प्रचार गरेको भन्दै उनले अकारण प्रचार युद्ध शुरु गरेको उल्लेख गरे ।

नेपाल प्रहरीले तालीम केन्द्र पनौती सार्ने भनेर १५ सय रोपनी जग्गा किन्ने तीन दशक अगाडिको निर्णय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्रपतिले प्रहरीको ठाउँ लिन खोजेको रे, यो राष्ट्रपतिका विरुद्ध होइन, गणतन्त्रका विरुद्ध हो, गणतन्त्रका विरुद्ध बोल्ने र राजतन्त्र ब्युँत्याउँछौँ भन्ने सपना नदेखे हुन्छ ।”

प्रधानमन्त्री ओलीले जनताको शासनमा नागरिकको अधिकार र प्रेस स्वतन्त्रता खुम्चिएको भन्ने गलत प्रचार गरिएको बताउँदै कम्युनिष्ट सरकारले यस्तो नगर्ने स्पष्ट पारे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई समृद्ध बनाउने अभियानमा कानून व्यवसायीले काम गर्नु पर्नेमा जोड दिए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचमा हुने कमीकमजोरीलाई पूर्णता दिन पार्टीका कानून व्यवसायीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

नयाँ गठन भएको नेपाल कानून व्यवसायी सङ्गठनको संयोजक रुद्र नेपाल र सहसंयोजक डा दिनमणि पोखरेलको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति चयन भएको छ । यसअघि सङ्गठनको नेतृत्व रुद्र नेपाल र एशोसिएशनको नेतृत्व रमन श्रेष्ठले गरेका थिए । दुई पार्टी एकतापछि दुई सङ्गठनबीच एकता भएको हो ।

प्रतिक्रिया दिनुहोस