२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बँदेल बस्ती पसेपछि सर्वसाधारण हैरान

अ+ अ-

बर्दिवास । वनक्षेत्रबाट सरदर ४० किलोमीटर दुरी छिचोल्दै जङ्गली जन्तु बस्ती पसेपछि महोत्तरी जिल्लाको सुदुर दक्षिण क्षेत्रका बासिन्दा आजित भएका छन् ।

भारतसँग सीमा जोडिएका खैरबनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, भोलही र सग्रामपुरसहितका बस्तीमा जङ्गली जनावर पसेर बालीनाली सखाप पारेपछि सर्वसाधारण किसान हैरान भएका हुन् ।

उखु खेती गरिएका खेतबारीमा बँदेल र दुम्सी बाक्लै पसेका र नीलगाई त हुलमै बस्तीभित्रै देखिने गरेको भारतीय सीमाक्षेत्र नजिकका जिल्लावासीको भनाइ छ । अहिले उखुघारीभित्र बँदेल बसेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेख मन्सुरले बताए । बँदेलले प्रत्येक रातजसो फुलकोबी, बन्दाकोबी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ । राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलको डरले खेतबारी डुल्न, ससाना नानीहरू विद्यालय पठाउन डरलाग्ने गरेको रामगोपालपुर नगरपालिकाको सहसौला बस्तीका चैनकिशोर यादव बताउँछन् ।

गत वर्षहरूमा नीलगाईको हुल तलैसम्म (भारतीय सीमाक्षेत्र) पुगेपनि सो भेगमा बँदेल र दुम्सी भने यसपालि पहिलोपटक देखिएका हुन् । “नीलगाई त पछिल्ला पाँच÷सात वर्षयता हिउँदमा बाक्लै देखिन्थे”, भारतीय सीमावर्ती गाउँ गैढाभेटपुरका सामाजिक, राजनीतिक कार्यकर्ता सौखीलालले भने, “बँदेल र दुम्सी चाहिँ यसैपालि देखिएका हुन् ।”

नीलगाई चर्दै हिँड्ने हुँदा धेरै बाली नोक्सान नहुने बताउने तर बँदेलले भने तरकारी बाली सखाप नै पार्ने गरेको किसानले गुनासो गरेका छन् । दक्षिणी क्षेत्रमा यसपालि मात्र देखिएको भएपनि जिल्लाको उत्तरी क्षेत्रको बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरक्षेत्रमा तीन/चार बर्षयता बँदेल बाक्लै देखिँदै आएका छन् ।

उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनियाँ र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरू बताउँछन् ।

अहिले जिल्लाको भङ्गाहा नगरपालिका–४ को रामनगर, पलार, टोकाटोल र प्रेमनगरमा जङ्गली बँदेल पसेर बालीनाली नोक्सान पारिरहेको छ । त्यसैगरी भङ्गाहाकै वडा नम्वर–५ को धतियाटोल, भूचक्रपुर, कर्पुरगञ्ज र राजपुरसहितका बस्तीमा जङ्गली बँदेल पसेर उधुम मच्चाएको सो वडाका वडाअध्यक्ष शिव महतोले बताए। बँदेलले तरकारीबाली नोक्सान गर्दै घरकरेसामै केराका थाम उखेलेर नोक्सान गरिरहँदा पनि घरभित्रबाट कराउनुबाहेक धपाउन अन्य उपाय गर्न नसकिएको किसान बताउँछन् ।

बँदेल खासगरी मध्यरातपछि समूहमा बस्ती पस्ने गरेका छन् । बिहान साढेचार बजेसम्म बालीनाली सखाप पारेपछि बँदेल लुक्न उखुघारी पस्ने गरेको किसानको भनाइ छ । नजिकै बाली नोक्सान गरिरहेको थाहा पाइए पनि आक्रमण गर्ला भन्ने डरले धपाउन नसकिएको बर्दिवास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताउँछन् । बँदेलले बस्ती नजिकका उखुघारीलाई बासस्थल बनाएको किसानको भनाइ छ । बिहानीपख दिसापिसाब गर्न निस्कने महिलालाई बँदेलले लघार्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् ।

वनक्षेत्रमा पतझर भएर नाङ्गो देखिन थालेसँगै सिकारीहरूको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेको वन्यजन्तुको आनीबानी बुझेकाहरूरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस