२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैरव्यवसायजन्य क्रियाकलाप नगर्न आग्रह

अ+ अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक मर्यादाभित्र रहेर व्यापारिक कारोवार गर्न सम्पूर्ण व्यापारी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

विभिन्न बहानामा उपभोक्ता ठगिँदै आएको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को बर्खिलाप हुने गरी गतिविधि गरे कडा कारवाही हुनेतर्फ पनि व्यापारीलाई सचेत गराएको छ । वस्तु तथा सेवाको उत्पादन, बिक्री तथा प्रदान गर्दा उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता वा सेवा प्रदायकले गैरव्यवसायजन्य क्रियाकलाप गरेमा उपभोक्ता ऐनअनुसार कारवाही हुने विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए ।

सरकारले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हुन सक्ने हानिनोक्सानीबापत क्षतिपूर्ति उपलब्ध गराउन उपभोक्ता संरक्षण ऐन जारी गरिसकेको छ ।

ऐनले उपभोक्तामाथि विभिन्न प्रकारबाट ठगी गर्नेलाई अनुगमनमा खटिइएको निरीक्षण अधिकृतले स्थलगत रुपमा रु ५ हजारदेखि अधिकतम तीन लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै अर्धन्यायिक निकायका रुपमा विभागका महानिर्देशकले रु ५० हजारदेखि तीन लाख वा तीन महीनादेखि एक वर्षसम्म वा दुवै सजाय गर्नसक्ने व्यवस्था गरेको छ ।

त्यस्तै वस्तु तथा सेवाको उपभोगबाट उपभोक्तालाई कुनै हानिनोक्सानी परेमा उपभोक्ताले क्षतिपूर्तिको दाबी गर्नसक्ने र सम्बन्धित उत्पादक वा पैठारीकर्ता व्यवयायीले क्षतिपूर्ति प्रदान गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।

विभागले व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय सञ्चालन इजाजत वा अनुमति लिने, खाद्य अनुज्ञापत्र लिई स्थायी लेखा नम्बर÷मूल्य अभिवृद्धि करमा दर्ता गरेर व्यावसायिक कारोवार गर्नुपर्ने जनाएको छ ।

व्यवसायको नामको सङ्केतपाटी सबैले देख्ने गरी राख्ने वा टाँस्ने र वस्तु वा सेवाको मूल्यसूची सबैले देख्ने गरी राख्नुपर्ने छ । बिक्रीस्थलमा ढक तराजु तथा नापतौल मेशिनको सम्बन्धित निकायबाट प्रमाणीकरण गर्नुपर्ने, उत्पादकले आफूले उत्पादन गरेको वस्तुको लेवल राख्नुपर्ने, पैठारीकर्ताले प्रमाणित चिन्ह नभएको वस्तु पैठारी भएकामा त्यस्तो चिन्ह राख्नुपर्ने र बिक्रेताले बजारमा प्रमाणित चिन्ह भएको वस्तु मात्र बिक्री वितरण गर्नुपर्ने विभागले जनाएको छ ।

बिक्रीस्थलमा खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री गर्नुपर्ने, बिक्री वितरण वा सेवा प्रदान गर्दा सम्बन्धित नियामक निकायले तोकेको मापदण्ड पालना गर्नुपर्ने विभागका महानिर्देशक गौचलने बताए ।

यसैगरी गुणस्तरहीन वस्तु वा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा सेवा पैठारी, उत्पादन वा बिक्री गर्न, अधिकतम खुद्रा मूल्यभन्दा बढीमा वस्तु बिक्री गर्न नहुने विभागले जनाएको छ । वास्तविक गुणस्तर, मानक, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी लुकाइछिपाई वा झुक्याई वस्तु बिक्री गर्न वा सेवा प्रदान गर्न पाइँदैन ।