आगामी बजेटमा वृद्धभत्तालाई क्षतिपूर्तिसहित बढाइने छ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आगामी बजेटमा वृद्धभत्तालाई क्षतिपूर्तिसहित बढाइने छ : अध्यक्ष प्रचण्ड


२५ मंसिर २०७५, मंगलबार


कास्की । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष नबढेको वृद्धभत्तालाई आगामी बजेटमा क्षतिपूर्तिसहित बढाइने बताएका छन् ।

मंगलबार सिक्लेसमा पत्रकारहरुसँगको छलफलमा उनले भने, ‘चुनावको बेलामा पाँच हजार पुर्‍याउँछौं भनेर भनियो तर पाँच पैसा पनि बढेन, हामीले यो समीक्षा गरिसकेका छौं, अब बिस्तारै नयाँ बजेटको तयारी हुन्छ, अब यो वर्ष वृद्धभत्ता नबढेको क्षतिपूर्तिसहित बजेटमा व्यवस्था गर्ने भन्ने कुरा सचिवालयमा सहमति भइसकेको छ।’

यस्तै उनले विकास निर्माणका कामले पनि विस्तारै गति लिन थालेको बताउँदै सिक्लेस आउने बाटो पिच गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस